पर्यटन मन्त्रालय बृहत छ, स्रोत साधनको हिसाब्ले खुम्चिएको छ : मन्त्री पाण्डे
समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र विषयगत हिसावले निकै वृहत रहेको बताए।
काठमाडौं, चैत ११ : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगतिबारे छलफल गरिएको छ।
सोमबार बसेको पर्यटन समितिको बैठकले मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल गरेको हो।
समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र विषयगत हिसावले निकै वृहत रहेको बताए।
उनले विषयगत हिसावले निकै वृहत भएपनि स्रोत साधनको हिसावले निकै खुम्चिएको बता ।
‘विशेषगरी यो तीनवटा क्षेत्र विषयगत हिसावले निकै वृहत छ संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र। तर स्रोत साधनको हिसावले निकै खुम्चिएको देखिन्छ। अहिले हजारौं हजारौं निवेदनहरु मन्त्रालयमा, सचिवालयमा दर्ता भएका छन्, तर त्यसका निम्ती मन्त्रालयसँग सार्मथ्य छैन,’ मन्त्री पाण्डेले भने।
धेरै ठाउँमा एयरपोर्टहरू भएपनि त्यसले नपुगेको बताउँदै कतिपय एयरपोर्टको गुणस्तर सुर्धानुपर्ने अवस्था रहेको बताए। बजेट सामान्य सबै काम गर्न नसकिएको उलने बताए।
मन्त्री पाण्डेले सुधारका पक्षहरु थुप्रै भएपनि मन्त्रालयमा बजेट कम रहेको बताए। उनले जुनजुन निकायले आफैं बजेट बनाउँछन् ति निकायसँग एकदिन समितिले छलफल गर्नुपर्ने समेत बताए।
‘जुनजुन निकायले आफैं बजेट बनाउँछन् ति निकायसँग एकदिन समितिले छलफल गर्दा सकारात्मक हुने विश्वास लिएको छु। नागरिक उड्डयनको क्षेत्रमा नेपाल एयरलायन्सलाई सुचारु बनाउने सन्दर्भमा पनि गहन छलफलमै छौं,’ उनले भने, ‘प्लेन नथपिकन कुनै उपाय नै छैन। १० वटा देशभित्रै चल्ने प्लेन र १० वटा वाइडबडि र १० वटा न्यारोबडी भइदिएको भए मात्रै अहिले जति पनि ठाउँमा आवश्यक्ता छ त्यो पूरा हुने थियो भन्ने छ।’