Kathmandu Press

सभापति देउवाद्वारा विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना मनोनित

मनोनीत सदस्यहरूमा उज्ज्वल कोइराला, प्रेमचन्द्र राय, विजया श्रेष्ठ केसी, प्रा. मोहनजंग शाह, डा. निरञ्जन कोइराला, कुमार लामिछाने, रमा केसी, प्रेमलाल चौधरी, शेरबहादुर सार्की र दिलिप कार्की, कञ्चनपुर छन्। 
सभापति देउवाद्वारा विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना मनोनित

काठमाडौं, चैत ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत गरेका छन्।

विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्टलाई मनोनित गरिएको छ। 

अन्य मनोनीत सदस्यहरूमा ई. उज्ज्वल कोइराला ताप्लेजुङ, ई. प्रेमचन्द्र राय महोत्तरी, विजया श्रेष्ठ केसी ललितपुर, प्रा. मोहनजंग शाह बाँके, डा. निरञ्जन कोइराला कास्की, कुमार लामिछाने बर्दिया, रमा केसी सुर्खेत, प्रेमलाल चौधर, कैलाली, शेरबहादुर सार्की बाजुरा र दिलिप कार्की कञ्चनपुर छन्। 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्य मनोनीत गरेको विज्ञप्तिमा जनाएका छन्। 
 

प्रकाशित मिति: १५:४५ बजे, सोमबार, चैत ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्