Kathmandu Press

प्रेस चौतारीमा एकलौटी नेतृत्व घोषणाको तयारी, अर्को पक्षले दियो विद्रोहको चेतावनी 

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा चौतारीको अध्यक्षमा गणेश पाण्डेको नेतृत्वमा नयाँ टिम घोषणाको तयारी भएपछि अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले निर्वाचन गर्न माग गरिरहेका छन्। 
प्रेस चौतारीमा एकलौटी नेतृत्व घोषणाको तयारी, अर्को पक्षले दियो विद्रोहको चेतावनी 

माेरङ, चैत ११ : एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीको नयाँ नेतृत्व चयनमा एकलौटी घोषणाको तयारी भएपछि अर्को पक्षले चुनावको माग गर्दै विद्रोहको चेतावनी दिएको छ। 

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चौतारीको अध्यक्षमा गणेश पाण्डेको नेतृत्वमा नयाँ टिम घोषणाको तयारी भएपछि अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले निर्वाचन गर्न माग गरिरहेका छन्। 

Hardik ivf

निर्वाचन नभए समानान्तर कमिटी घोषणा गरेर अगाडि बढ्ने चेतावनी समेत राई पक्षले दिएको छ। लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन हुनुपर्ने माग राई पक्षधरको छ। एकलौटी टिम घोषणा मान्य नहुने भन्दै चुनावका लागि खवरदारी गरिएको छ। 

अधिवेशन उद्घाटन समारोहमा आएका एमाले महासचिव शंबर पोखरेल, एमाले सचिव तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, जनवर्गीय सङ्गठनका संयोजक भानुभक्त ढकाललगायतका नेताले सहमतिका लागि आग्रह गरेका थिए। 

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, चैत ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्