Kathmandu Press

भ्रष्टाचारी ठहर भएका विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

सर्वोच्च अदालतले गैरकानुनी सम्पत्ति आर्जन (अकुत) मुद्दामा उप्रेतीलाई जेल सजाय र जरिवाना हुने ठहर गरेको थियो। 
भ्रष्टाचारी ठहर भएका विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

काठमाडौं, चैत ११ : अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन्। 

सर्वोच्च अदालतले गैरकानुनी सम्पत्ति आर्जन (अकुत) मुद्दामा उप्रेतीलाई जेल सजाय र जरिवाना हुने ठहर गरेको थियो। 

Hardik ivf

सर्वोच्चले गत मंसिर १२ गते उक्त फैसला सुनाएको थियो । उप्रेतीलाई दुई करोड ५५ लाख १६ हजार ४ सय ८३ रुपैयाँ जरिबाना र ६ महिना कैद सजाय ठहर गरिएको थियो। 

उप्रेतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको वनस्थलिबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ  

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, चैत ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्