Kathmandu Press

माओवादी केन्द्रको जागरण अभियान पुनः स्थगित

माओवादीसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थगित गरिएको जनाइएको छ ।
माओवादी केन्द्रको जागरण अभियान पुनः स्थगित

काठमाडौं, चैत ११ : नेकपा माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ।

माओवादीसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थगित गरिएको जनाइएको छ । माओवादी केन्द्रको अभियान चैत १६ गतेबाट पुनः अघि बढ्ने छ। 

गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट जागरण अभियान सुरू भएको थियो। यसअघि पनि पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधि बढेसँगै अभियान स्थगन गरिएको थियो। 

सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता तय भएको छ। 

प्रकाशित मिति: १४:१६ बजे, सोमबार, चैत ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्