Kathmandu Press

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाई निर्वाचित

चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी विकास थापाले ८८ मत प्राप्त गरे।
लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाई निर्वाचित

काठमाडौं, चैत ११ : नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

गत शुक्रबार लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सुरु भएको थियो भने शनिबार मतदान भएको थियो। मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरेका हुन्।

अर्का अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन्।

उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समुहकै उम्मेदवार निर्वाचित भएका छन् । दुई उपाध्यक्षमा उपाध्यक्ष उदयबहादुर लिम्बु र अनिता घिमिरे गैरे विजयी भए । अनिताले ३३९ र उदयले ३३२ मत प्राप्त गरे। 

यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाए।

अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन्। उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरुको पनि साथ थियो।
 

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, चैत ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्