Kathmandu Press

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो। 
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं, चैत ११ : नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो। 

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १सय रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोवार भइरहेको छ। 
 

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, चैत ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्