Kathmandu Press

नेपाल स्काउटले भन्यो– आन्दोलनका नाममा अस्वभाविक गतिविधि भइरहेको छ, त्यसप्रति गम्भीर छौं

आन्दोलनरत पक्षलाई व्यक्तिगत चरित्रहत्या, अनर्गल मिडियावजी र अवाञ्छित गतिविधि त्याग्न आग्रह गरिएको छ। 
नेपाल स्काउटले भन्यो– आन्दोलनका नाममा अस्वभाविक गतिविधि भइरहेको छ, त्यसप्रति गम्भीर छौं

काठमाडौं, चैत १० : नेपाल स्काउटले केही समययता आन्दोलनका नाममा प्रधान कार्यालयमा अस्वभाविक गतिविधि भइरहेको जनाएको छ। 

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै केही समय यता आन्दोलनका नाममा भाइरहेका त्यस्ता अस्वभाविक गतिविधिप्रति आफूहरुको गम्भीर ध्यानार्कषण भएको जनाउको छ। 

‘प्रधान कार्यालय परिसरमा आन्दोलनको नाममा भइरहेका यस्ता गतिविधिले दैनिक कार्यसञ्चालन र चालु आवका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न सकिएको छैन,’ आयुक्त तथा सहजीकरण समितिका संयोजक सन्तोषकुमार थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल स्काउट समक्ष आधिकारीक जानकारी र मागका विषय पेश नगरी दैनिक रुपमा भएको अवरोध र गतिविधि प्रति गम्भीर छौं। एकोहोरो रुपमा भइरहेको यस्तो आन्दोलनले नेपाल स्काउटको छवि धमिल्याउने भएकाले त्यसतर्फ सबै जाना सचेत र सजग रहनुपर्छ।’

Hardik ivf

नेपाल स्काउटका पदाधिकारीले अनौपचारीक रुपमा आन्दोलनरत पक्षसँग पटक–पटक संवाद मार्फत समाधानको पहल भएता पनि त्यस्ता गतिविधि जारी रहिरहनु चिन्ताको विषय विज्ञप्तिमा उल्लेख छ। 

नेपाल स्काउटले आन्दोलनरत पक्षसँग छलफल गर्न आयुक्त सन्तोषकुमार थापाको संयोजकत्वमा सहजीकरण समिति नै बनाएको छ। 

संवादमार्फत समस्याको निकास र सहजिकरणका लागि नेपाल स्काउटको नेतृत्व, राष्ट्रिय कार्यकारी समिति मात्रै होइन प्रमुख स्काउट एवं माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी पनि गम्भी रहेको विज्ञप्तिा उल्लेख गरिएको छ। 

‘अनौपचारिक रुपमा प्राप्त, आन्दोलनरत पक्षबाट उठाइएका विषय संस्थागत विषयभन्दा पनि कुनै एक व्यक्तिप्रति पुर्वाग्रह मात्र देखिएको छ। धेरै विषय विभिन्न आधिकारीक निकायमार्फत् सम्बोधन भइसकेको र बाँकी जायज विषयलाई संवादकै माध्यमबाट समाधान निकाल्नुपर्छ भन्ने मान्यतालाई हामी सबैले स्वीकार गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

आफ्नो अधिकार माग गर्दा आफ्नो कर्तव्य कसैले पनि भूल्न नहुने तर्फ नेपाल स्काउटले सचेत रहने आग्रह गरेको छ। उसले सबैले आआफ्नो तहबाट स्काउट गतिबिधि लाई अगाडी बढाउन शान्तिपुर्ण गतिबिधि र प्रभावकारी भुमिका खेल्न पनि आग्रह गरेको छ। 

‘समस्याको पहिलो र अन्तिम समाधान केवल संवाद मात्र हो भन्ने समितिको ठहर छ। नेपाल स्काउटको  विगतको इतिहाँस जती गौरववान्वीत छ, वर्तमान र भविष्य पनि उत्तिकै गौरवमय बनाउनका लागि आम स्काउटहरूबीच सहकार्य र एकता आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

असन्तुष्टीलाई संवादमार्फत सहमतिमा पुर्‍याउनको लागि अहिलेको नेपाल स्काउटको नेतृत्व र सहजीकरण समिति सदैव तयार विज्ञप्तिमा उल्लेख छ। आन्दोलनरत पक्षलाई व्यक्तिगत चरित्रहत्या, अनर्गल मिडियावजी र अवाञ्छित गतिविधि त्याग्न आग्रह गरिएको छ। 

प्रकाशित मिति: २१:२३ बजे, आइतबार, चैत १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्