Kathmandu Press

अस्कलको स्ववियु चुनावमा अनेरास्ववियुको प्यानलै विजयी

विद्युतीय माध्यमबाट भएको मतदानमा पोखरेलको प्यानल नै निर्वाचित भएको हो।
अस्कलको स्ववियु चुनावमा अनेरास्ववियुको प्यानलै विजयी

काठमाडौं, चैत १० : अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा  नेकपा (एमाले)निकट अनेरास्वियुको प्यानलै निर्वाचित भएको छ।

आइतबार भएको मतदानको अन्तिम परिणामअनुसार अध्यक्षमा अनेरास्ववियुका रुद्रहरि पोखरेल निर्वाचित भएका छन्।

विद्युतीय माध्यमबाट भएको मतदानमा पोखरेलको प्यानल नै निर्वाचित भएको हो।

अस्कलमा कूल १९४८ मतदातामध्ये १२९१ मत खसेको थियो।

पोखरेलले माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीका विश्राम पौडेललाई पराजित गर्दै अध्यक्षमा जित हासिल गरेका हुन्। उनी २३६ मतान्तरले विजयी भए।

सचिवमा पनि अनेरास्ववियुका गोपालबहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला निर्वाचित भए। 

 

प्रकाशित मिति: १८:५८ बजे, आइतबार, चैत १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्