Kathmandu Press

पानी टयाङ्करले ठक्कर दिँदा दुई बालकको मृत्यु

अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताए।
पानी टयाङ्करले ठक्कर दिँदा दुई बालकको मृत्यु

नेपालगञ्ज, चैत १० : बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय बालक ९ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए।

घटनापछि आक्रोशित भएका स्थानीयले टयाङ्करमा आगजनी गरेका छन्। आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ।

अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताए।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशिले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउण्ड हवाइ फायर गर्नुपरेको बताए। 

'घटनाको सबै विवरण अझै आइसकेको छैन तर स्थिति नियन्त्रण बाहिर छ,' उनले भने। 

प्रकाशित मिति: १८:४६ बजे, आइतबार, चैत १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्