Kathmandu Press

सानेपामा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ।
सानेपामा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, चैत १० :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ।

आइतबार दिउँसो १ बजे बस्ने गरी डाकिएको कार्यसम्पादन समितिको बैठक तीन घण्टा ढिलोगरी सुरु भएको थियो।

बैठकमा राजावादीको पछिल्लो सक्रियता, भ्रातृसंस्थाको म्याद थप वा महाधिवेशनको मिति सार्नेलगायत बिषयमा छलफल हुने भएको छ।

भ्रातृसंस्थाहरूको महाधिवेशन गराउन यही चैत मसान्तसम्मको समयसीमा तोकिए पनि अधिकांशको महाधिवेशन नहुने अवस्था उत्पन्न भएपछि नयाँ निर्णय लिने तयारी भएको हो।

आजको बैठकले पदाधिकारी नियुक्ति गर्ने की, म्याद थप गर्ने भन्ने बिषयमा निर्णय लिने जनाइएको छ। 

 

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, चैत १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्