Kathmandu Press

हैदरावादले दियो राजस्थानलाई कीर्तिमानी २८७ रनको लक्ष्य

आइबार हैदरावादमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदारावादले ६ विकेटको क्षतिमा २८६ रन बनायो।
हैदरावादले दियो राजस्थानलाई कीर्तिमानी २८७ रनको लक्ष्य

काठमाडाैं, चैत १० : १८औं सिजनको आईपिएलको आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादले विस्फोट ब्याटिङ गरेको छ। आइबार हैदरावादमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदारावादले ६ विकेटको क्षतिमा २८६ रन बनायो।

यो आईपिएल इतिहासकै दोस्रो ठूलो स्कोर हो। यसअघि अघिल्लो सिजन हैदरावादले नै २८७ रन बनाएको थियो।

Hardik ivf

हैदरावादका लागि डेब्यू खेलमै इशान किशनले शतक बनाए। उनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। यो उनको आईपिएलको पहिलो शतक हो।

यस्तै, त्रविस हेडले ३१ बलमा ९ चौका र ३ छक्का मद्दतमा ६७ रन बनाउँदा हेनरिच क्लासन १४ बलमा ३४ रन बनाए भने नितिश कुमार रेड्डीले १५ बलमा ३० र अविषेक शर्माले ११ बलमा २४ रन बनाए। 

बलिङमा राजस्थन रोयल्सका तुसारदेश पाण्डेले ३ विकेट लिँदा महिश थिक्सानाले २ विकेट लिए।

यता, इंग्लिस बलर जोफ्रा आर्चरले खराब कीर्तिमान बनाए। उनी आईपिएल इतिहासका सबैभन्दा महँगा बलर सावित भए। उनले ४ ओभरमा विना विकेट ७६ रन खर्चिए। उनले १ मात्र डट बल गरेका थिए।

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, चैत १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्