Kathmandu Press

माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा अवरुद्ध

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रासद साहले बैठक चल्न नदिने बताए। 
माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर, चैत १० : प्रतिपक्षी नेकपा माओवादी केन्द्र र जसपा नेपालले मधेस प्रदेशसभा बैठक सुरु भएलगत्तै अवरुद्ध गरेका छन्। 

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रासद साहले बैठक चल्न नदिने बताए। 

Hardik ivf

उनले कुटनीति मर्यादा विपरित विदेश गएको, कमिशन लिएर पालिकालाई सशर्त बजेट दिने गरेको, संघका कर्मचारीसंग मोटो रकम लिएर जिम्मेवारी दिने गरेको लगायतका आरोप मुख्यमन्त्रीमाथि लगाएका छन्। 

उनले मुख्यमन्त्रीसँग जवाफ माग गर्दै आरोपबारे संसदीय छानविन समिति बनाउनुपर्ने बताए । त्यसपछि माओवादीका अन्य सांसद र जसपा नेपालका सांसदहरु उभेर संसद अवरुद्ध पारेका थिए। 

जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले जिल्लास्थित कार्यालयको योजनाहरु मन्त्रीको सचिवालयबाट वितरण हुने गरेको भन्दै आपत्ति जनाए। 

संसद अवरुद्ध पारेपछि सभामुख मण्डलले बैठककेही समयका लागि स्थगित गरेका छन्।
 

प्रकाशित मिति: १६:१७ बजे, आइतबार, चैत १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्