Kathmandu Press

राष्ट्रपति समक्ष प्रधानमन्त्री ओलीले बुझाए सरकारको वार्षिक प्रतिवेदन 

वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले समृद्धिको उद्देश्य प्राप्त गर्न सरकारले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समानतामूलक समाज निर्माणमा तदारूकताका साथ लाग्नु आवश्यक भएको बताए। 
राष्ट्रपति समक्ष प्रधानमन्त्री ओलीले बुझाए सरकारको वार्षिक प्रतिवेदन 

काठमाडौं, चैत १० : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन बुझाएका छन्। 

वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले समृद्धिको उद्देश्य प्राप्त गर्न सरकारले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समानतामूलक समाज निर्माणमा तदारूकताका साथ लाग्नु आवश्यक भएको बताए। 

Hardik ivf

‘उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देस्य प्राप्त हुन्छ,’ राष्ट्रपति पौडेलले भने।

नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने पनि राष्ट्रपति पौडेलले बताए। 
 

प्रकाशित मिति: १६:०७ बजे, आइतबार, चैत १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्