Kathmandu Press

लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशनको मतगणना रोकियो 

शनिबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एकलौटी गरिएको आरोप एउटा पक्षले लगाएको छ। 
लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशनको मतगणना रोकियो 

काठमाडौं, चैत १० : मतदानमा भएको विवादका कारण नेपाली कांग्रेसको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनको मतगणना रोकिएको छ। 

शनिबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एकलौटी गरिएको आरोप एउटा पक्षले लगाएको छ। 

एकलौटी भएको भन्दै अध्यक्षका उम्मेदवार रहेका विकास थापा र कल्पना खड्काले निर्वाचन बहिस्कार गरेका थिए। अध्यक्षका प्रतिश्पर्धी माधव चम्लागाईले भने मतदान सम्पन्न भइसकेको अवस्थामा चाँडो मतगणना शुरु गर्न माग राखेका छन्। 

निर्वाचन समितिले सार्वजनिक गरेको ८९४ जना प्रतिनिधि र एक सय १७१ केन्द्रीय समितिका पदाधिकारीको नाम निर्वाचन समितिले टाँसे पनि एक पक्षलाई मत हाल्न नदिएर ४७० मत खसाएको भन्दै अध्यक्षका उम्मेद्वारद्वय खड्का र थापाले वहिष्कार गरेका छन्। 

उनीहरूले निर्वाचनलाई अस्वीकार गरेका कारण अहिलेसम्म मतगणना सुरु भएको छैन। 
 

प्रकाशित मिति: १६:०३ बजे, आइतबार, चैत १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्