Kathmandu Press

पूर्वराजालाई देउवाको चुनौती– राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउनुस्

‘राजनीति गर्नु छ भने पार्टी खोलेर गरे हुन्छ, त्यो पार्टीका पनि दुःख पाउँछन् विचराहरूले। राप्रपाले पनि दुख पाउँछ,’ देउवाले भने।
पूर्वराजालाई देउवाको चुनौती– राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउनुस्

काठमाडौं, चैत १० : नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन्।

कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रममा सभापति देउवाले पूर्वराजालाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन आव्हान गरे। 

Hardik ivf

सभापति देउवाले पूर्वराजा पार्टीमा लागे त्यो पार्टीका मान्छेले दुःख पाउने बताए। ‘राजनीति गर्नु छ भने पार्टी खोलेर गरे हुन्छ, त्यो पार्टीका पनि दुःख पाउँछन् विचराहरूले। राप्रपाले पनि दुख पाउँछ,’ देउवाले भने।

यस्तै, उनले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको पनि बताए। 

‘संवैधानिक राजा हुन लायक पनि छैनन्। संवैधानिक राजा हुन पनि सक्दैनन्, उनले भने, ‘राप्रपा पनि पछि पछुताउँछ। राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ।’

देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको टिप्पणी गरे। अदालतका कारण आफू जेलबाट छुटेको बताउँदै देउवाले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट नरहेको उल्लेख गरे।
 

प्रकाशित मिति: १५:०८ बजे, आइतबार, चैत १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्