Kathmandu Press

कोशीविरुद्ध किरण ठगुन्नामने शतक

छैठौं नम्बरमा ब्याटिङका लागि आएका किरणले ९१ बलमा १२ चौका र ४ छक्का मद्दतमा ११५ रन बनाए।
कोशीविरुद्ध किरण ठगुन्नामने शतक

दाङ, चैत १० : जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदुपश्चिम प्रदेशका किरण ठगुन्नाले शतक प्रहार गरेका छन्। दाङको लमहीमा जारी खेलमा किरणले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन्। 

छैठौं नम्बरमा ब्याटिङका लागि आएका किरणले ९१ बलमा १२ चौका र ४ छक्का मद्दतमा ११५ रन बनाए। उनी फिर्दोस अन्सारीका बलमा ४१औं ओभरको ५औं बलमा आउट भएका थिए।

Hardik ivf

जारी प्रतियोगिताको यो तेस्रो शतक हो। यसअघि पहिलो शतक पनि किरणले नै प्रहार गरेका थिए। उनले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए। सो खेलमा उनले १२१ रन बनाएका थिए। 

उनी बाहेक आर्मी क्लबका तृतराज दासले पनि शतक प्रहार गरेका छन्। तृतले कोशी प्रदेशविरुद्ध नटआउट ११२ रन बनाएका थिए।

२ शतक प्रहार गरेका किरण प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। उनले ८ खेलमा ३३७ रन बनाएका छन्। उनलाई ३३३ रन बनाएका आर्मीका तृतले पछ्याइरहेका छन्।


 

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, चैत १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्