Kathmandu Press

सभामुख देवराज घिमिरे उज्वेकिस्तान जाने

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद सोविता गौतम छिन्।
सभामुख देवराज घिमिरे उज्वेकिस्तान जाने

काठमाडौं, चैत १० : सभामुख देवराज घिमिरे उज्वेकिस्तान जाँने भएका छन्। 

उनी अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५०औं महासभामा सहभागी हुन चैत २० गते त्यसतर्फ प्रस्थान गर्नेछन्। 

उज्वेकिस्तान जाने टिममा सभामुख घिमिरेसहित ९ सदस्य हुनेछन्। भ्रमण टोलीमा प्रमुख चार राजनीतिक दलबाट एक–एक जना सदस्य छन्। 

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद सोविता गौतम छिन्।

यस्तै, टोलीमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि छन्।

उक्त टोली आगामी वैशाख २ गते मात्र स्वदेश फर्किनेछ।

प्रकाशित मिति: १२:३६ बजे, आइतबार, चैत १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्