Kathmandu Press

आईपिएलको उद्घाटन खेलमा आरसिबी विजयी, डिफेन्डिङ च्याम्पियन काेलकाता पराजित

शनिबार राति इडेन गार्डेनमा भएको खेलमा क्रुर्नाल पाण्ड्या, विराट कोहली र फिल सल्ट चम्किएपछि आरसिबीले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकाल्यो। 
आईपिएलको उद्घाटन खेलमा आरसिबी विजयी, डिफेन्डिङ च्याम्पियन काेलकाता पराजित

काठमाडाैं, चैत १० : १८औं संस्कणको आईपिएल शनिबार रातिबाट सुरु भएको छ। जसमा रोयल च्यालेन्र्स बेंग्लुरुले विजयी सुरुआत गरेको छ।

शनिबार राति इडेन गार्डेनमा भएको खेलमा क्रुर्नाल पाण्ड्या, विराट कोहली र फिल सल्ट चम्किएपछि आरसिबीले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकाल्यो। 

कोलकाताले दिएको १७५ रनको लक्ष्य आरसिबीले १६.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। उसलाई ओपनरद्वय सल्ट र कोहलीले उत्कृष्ट सुरुआत दिलाए। यी दुईले पहिलो विकेटका लागि ८.३ ओभरमा ९५ रनको साझेदारी गरेका थिए। 

Hardik ivf

जसमा कोहलीले सर्वाधिक ५९ रन बनाए। उनले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने सल्टले ३१ बलमा ९ चौका र २ छक्का मद्दतमा ५६ रन बनाए। यस्तै, कप्तान रजन पटिदारले १६ बलमा ५ चौका र १ छक्का मद्दतमा ३४ रन बाउँदा लिअम लिभिङ्सटले ५ बलमा १५ रन बनाए।

बलिङमा कोलकाताका वैभव अरोरा, वरुण चक्रावर्ती र सुनिल नारिनले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले उत्कृष्ट सुरुआतका बाबजुद ८ विकेको क्षतिमा १७४ रन मात्र बनाउन सक्यो। १० ओभरमा १०७ बनाएको उसले त्यसपछिको १० ओभरमा ६७ रन मात्र बनाउन सकेको थियो।

उसका लागि कप्तान अजिंक्या रहाणेले अर्धशतक बनाए। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन बनाए। यस्तै, सुनिल नारिनले २६ बलमा ५ चौका र ३ छक्का मद्दतमा ४४ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा लगेका थिए।

यी दुई बाहेक अंगिसकृष्ण रघुवंशीले २२ बलमा ३० रन बनाउँदा रिंकु सिंहले १० बलमा १२ रन बनाए।

बलिङमा आरसिबीका क्रुर्नाल पाण्ड्याले ३ विकेट लिए। उलने ४ ओभरमा २९ रन मात्र खर्चिए। यस्तै, जोश हेजलवुडले २ विकट लिँदा यस दयाल, रशिक सलाम दार र सुयश शर्माले समान १ किवेट लिए।

प्रतियोगितामा आज २ खेल हुनेछ। जसमा पौने ४ बजे हुने खेलमा सनराइसर्ज हैदरावाद र राजस्था रोयल्स भीड्ने छन् भने राति पौने ८ बजे हुने खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भीड्ने छन्।

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, चैत १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्