Kathmandu Press

बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

शनिबार साँझ जनकपुरबाट काठमाडौं जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले बाटो काट्दै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

जनकपुर, चैत १० : जनकपुरमा साईकल यात्रीलाई यात्रुवाहक बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।

जनकपुरबाट लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्ड अन्तर्गत शनिबार साँझ जनकपुरबाट काठमाडौं जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले बाटो काट्दै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो।

Hardik ivf

बसको ठक्करले लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय रबिन्द्र मण्डलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए।

बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित मिति: ११:१३ बजे, आइतबार, चैत १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्