Kathmandu Press

पत्रकार शालिक सुवेदीलाई  ‘नेशनल हेल्थ अवार्ड’ 

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य दर्पण मीडिया नेटवर्कको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा  पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले सुवेदीलाई उक्त अवार्ड प्रदान गरे । 
पत्रकार शालिक सुवेदीलाई  ‘नेशनल हेल्थ अवार्ड’ 

काठमाडौं, चैत १० : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित भएका छन् । स्वास्थ्य सेवाको पहुँच विस्तारमा पत्रकारिताको योगदानबाट समाजमा सकारात्मक सुधार गरेको भन्दै पत्रकार सुवेदीलाई यस बर्षको नेशनल हेल्थ अवार्डबाट सम्मान गरिएको हो ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य दर्पण मीडिया नेटवर्कको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा  पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले सुवेदीलाई उक्त अवार्ड प्रदान गरे । 

अवार्ड कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिनुहुने नेपालका ७ प्रदेशमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी ,स्वास्थ्य संस्था , पत्रकार सहित अमेरिका र युरोपमा कार्यरत चिकित्सकसहित २४ जनालाई सम्मानित गरिएको थियो । 

स्वास्थ्य दर्पण मीडियाले हरेक बर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु हुने, चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी, तथा पत्रकारलाई सम्मानित गर्दै आएको छ ।

प्रकाशित मिति: ०८:०४ बजे, आइतबार, चैत १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्