भ्रष्टाचार र कमीसनमा सम्झौता गर्दा हवाई यातायात असुरक्षित भयो : खनाल
कमिशनको भोकले नेताहरू एकपछि अर्को गरी बिक्री भइरहेको बताउँदै उनले कमिशनखोर नेताहरूलाई खरिद गरेको बताए।-(90)-1742655000.jpg)
काठमाडौं, चैत ९ : नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार र कमीसनमा सम्झौता गर्ने प्रवृत्ति सरकार भित्रै रहेका कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्षित?’ विषयक अन्तरक्रियामा उनले हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरुमा सरकारले गम्भिरतापूर्वक कदमहरु नचालेको कारण हवाइ यातायात सुरक्षित हुन नसकेको बताए।
‘हवाई यातायातको विकास भएको लामो समय भएको छैन् तरपनि यो अवधीमा हवाई यातायातलाई जुन तरिकाले सुरक्षित गर्नुपर्ने थियो, त्यो सुरक्षित गर्ने कुराहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरु, ऐन, कानूनहरु पालना भएका छैनन्,’ उनले भने, ‘कानूनहरुलाई पालना गर्ने र हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरुमा सरकारले गम्भीरतापूर्वक लिन सकेन्। भ्रष्टाचार र गलत प्रवृत्तिसँग सधैँ सम्झौता गर्ने प्रवृत्ति सरकारभित्रै छ। सोही कारणले हवाई यातायात सुरक्षित हुन सकेको छैन।’
नेता खनालले नेपालको शासन सत्तामा दलाल पुँजीपति वर्गका दलालीहरू मात्र रहेको बताए। सत्तामा रहेका कम्युनिष्ट पार्टीहरू पनि त्यही वर्गमा रहेको बताए।
कमिशनको भोकले नेताहरू एकपछि अर्को गरी बिक्री भइरहेको बताउँदै उनले कमिशनखोर नेताहरूलाई खरिद गरेको बताए। त्यसकै कारण् देशमा विकृती र विसंगती बढ्दै गएको उनले बताए।