Kathmandu Press

‘समाज परिवर्तनमा शैक्षिक संस्थाहरुको महत्वपूर्ण भूमिका छ’

शैक्षिक संस्थाहरुबाट समाज परिवर्तनका लागि प्रशस्त काम भएको बताउँदै मन्त्री सिंहले त्यो अवसरलाई सहि सदुपयोग गरेर अगाडि बढ्नु नै सबैको लागि हितकारी हुने बताए। 
‘समाज परिवर्तनमा शैक्षिक संस्थाहरुको महत्वपूर्ण भूमिका छ’

काठमाडौं, चैत ९ : उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक संस्थाहरुले समाज परिवर्तनका लागि प्रशस्त काम गरेको बताएका छन्। 

शनिबार ह्वाइट हाउस कलेजको २५औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले समाज परिवर्तनको लागि शैक्षिक संस्थाहरुबाट प्रशस्त अवसर पाएको समेत बताए। 

‘राजनीतिक परिवर्तन देख्याैं। राजनीतिक परिवर्तनसँगै प्रजातान्त्रिक व्यवस्था आएपछि हाम्रो समाजले ठुलो फट्को मारेको छ। यस्तो कुरालाई महशुस गर्नुपर्छ। शिक्षाको कुरा गर्दा ६० बर्ष अगाडिको नेपालको शिक्षाको अवस्था र अहिलेको अवस्थामा धेरै नै अन्तर आएको छ। सोचाईमा सकरात्मक सोच राखेर आफ्नो कार्यहरु अगाडि बढाएमा राम्रो हुन्छ,’ उनले भने।

शैक्षिक संस्थाहरुबाट समाज परिवर्तनका लागि प्रशस्त काम भएको बताउँदै मन्त्री सिंहले त्यो अवसरलाई सहि सदुपयोग गरेर अगाडि बढ्नु नै सबैको लागि हितकारी हुने बताए। 

उनले वालवालिकाको भविश्य सुनिश्चित गर्न यस्ता शैक्षिक संस्थाहरुले मद्दत गर्ने पनि बताए।  
 
प्रकाशित मिति: २०:१५ बजे, शनिबार, चैत ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्