प्रदेश नं २ मा दुई हजार ३१० को स्वाब नमूना संकलन
जनकपुरधाम, वैशाख १९ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना संकलन गरिएको छ।
यो सँगै अह....
जनकपुरधाम, वैशाख १९ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना संकलन गरिएको छ।
यो सँगै अहिलेसम्म प्रदेशमा दुई हजार ३१० जनाको स्वाबको नमूना संकलन गरिएको छ। तीमध्ये एक हजार ४४५ जनाको नमूना परीक्षण गर्दा एक हजार ४३३ जनाको नतिजा नेगेटिभ आएको छ भने ८६५ जनाको नतिजा आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार प्रदेशका कोरोना संक्रमित १२ जनामध्ये चारजना उपचारपछि घर फर्किसकेका छन् भने आठजनाको उपचार भइरहेको छ। यो प्रदेशभित्र विगत २४ घण्टामा आरडिटी परीक्षण नभएको र सोभन्दा पहिले पाँच हजार ९१ जनाको परीक्षण गरिएको उनले बताए।
प्रदेश २ अन्तर्गतका विभिन्न क्वारेन्टाइनमा एक हजार ३७२, होम क्वारेन्टाइनमा चार हजार ५८७ र आइसोलेशनमा २५ जना बसेका छन्।