Kathmandu Press

ब्यारेकभित्रै सैनिक जवानद्वारा आत्महत्या

कञ्चनपुर, फागुन २१ : कञ्चनपुरस्थित नेपाली सेनाको २५ नं. बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले बन्दुक प्रहार गरी आत्मह....

ब्यारेकभित्रै सैनिक जवानद्वारा आत्महत्या

कञ्चनपुर, फागुन २१ : कञ्चनपुरस्थित नेपाली सेनाको २५ नं. बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् ।

सोमबार उनले ब्यारेकभित्रै गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए । ‘आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौं,’ उनले भने ।

के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा हुन् ।

प्रकाशित मिति: १०:१८ बजे, मंगलबार, फागुन २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्