Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्रले गोरखाबाट भने– कोही डराउनुपर्दैन, शान्ति चाहियो 

‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशमा शान्ति चाहिएको छ। सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ।’ 
पूर्वराजा ज्ञानेन्द्रले गोरखाबाट भने– कोही डराउनुपर्दैन, शान्ति चाहियो 

गोरखा, चैत ९ : शनिबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले कोही कसैसँग डराउनुनपर्ने बताउँदै देशमा शान्ति चाहिएको भनाई राखेका छन्। 

गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्नेक्रममा शाहले यस्तो भनाई राखेका हुन्। 

उनले देशवासीको सुख र समृद्धिको कामना पनि गरे। शाहले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने भनाई समेत राखे। 

संचारकर्मीसँग शाहले भने, ‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशमा शान्ति चाहिएको छ। सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ।’ 

पूर्वराजा शाहले कसैले कसैको पनि कुभलो नचिताओस् भन्ने भनाई पनि राखे। उनले पुर्खाको थलो गोरखा आउँदा आफुलाई खुसी लागेको पनि बताए। 

पूर्वराजा शाह शनिबार बिहान गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा आइपुगेका थिए। 

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, चैत ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्