Kathmandu Press

राजतन्त्र ‘भूत’ भइसकेकाले अब फर्किने कुनै सम्भावना छैन : डा.भट्टराई 

उनले मुलुक फेरि पछाडि फर्किने कुरा सम्भव नभएको बताए। लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक रहेको पनि भट्टराईले बताए । 
राजतन्त्र ‘भूत’ भइसकेकाले अब फर्किने कुनै सम्भावना छैन : डा.भट्टराई 

धनुषा, चैत ९ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजतन्त्र ‘भूत’ भइसकेकाले अब फर्किने कुनै सम्भावना नरहेको बताएका छन्। 

भट्टराईले शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले मुलुक फेरि पछाडि फर्किने कुरा सम्भव नभएको बताए। लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक रहेको पनि भट्टराईले बताए । 

‘राजतन्त्र भूत हो। भूत भ्रम हो । यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन् । जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न त सम्भावना हुन्छ,’ उनले भने। 

नेता भट्टराईले अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुने गरेको दाबी पन गरे। 

उनले जनताले नेतामात्रै छान्ने नभई विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम व्यक्तिलाई अघि सार्नुपर्ने भनाई पनि संचारकर्मीसँग राखे। 
 
प्रकाशित मिति: १७:१९ बजे, शनिबार, चैत ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्