गोरखकाली र गोरखनाथको पूजाआजा गरेर काठमाडौं फर्किए पूर्वराजा
शनिबार बिहान गोरखा पुगेका शाहले राजदरबारका कुलदेवता भनेर चिनिने गोरखकाली र गोरखनाथको दुई घण्टासम्म पूजाआजा गरेका थिए।
काठमाडौं, चैत ९ : पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार गोरखास्थित गोरखकाली र गोरखनाथको पूजाआजा गरेर काठमाडौं फर्किएका छन्।
शनिबार बिहान गोरखा पुगेका शाहले राजदरबारका कुलदेवता भनेर चिनिने गोरखकाली र गोरखनाथको दुई घण्टासम्म पूजाआजा गरेका थिए।
उनी शनिबार नै गोरखाबाट काठमाडौं फर्किएका छन्। शाहले पूजाआजा सकेपछि दिउसो १ बजे गोरखाको ठूलोआँगन र सङ्ग्रहालयमा स्थानीयबासीको भेटघाट तथा स्वागत ग्रहण गरेका थिए।
शाह बा २१ च ७३१८ नंबरको गाडीमा पृथ्वीराजमार्ग हुँदै गोरखा पुगेका हुन्।
शुक्रबार साँझ चितवन, कुरिनटारको रिभरसाइड रिसोर्टमा बसेका उनलाई शनिबार बिहान राजावादी व्यक्ति, संस्था तथा पार्टीहरूले स्वागत र मोटरसाइकल ¥याली गर्दै गोरखा लगेका थिए।
प्रकाशित मिति: १६:०२ बजे, शनिबार, चैत ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












