Kathmandu Press

‘संघीयता कार्यान्वयनमा शक्तिको विकेन्द्रीकरणमा ध्यान दिनुपर्छ’

उनले शक्तिको बाडफाड भयो तर शक्तिको विकेन्द्रीकरण नभएको कुरालाई ध्यानदिनुपर्ने बताइन्।  
‘संघीयता कार्यान्वयनमा शक्तिको विकेन्द्रीकरणमा ध्यान दिनुपर्छ’

काठमाडौं, चैत ९ : उपसभामुख इन्दिरा राणा मगरले संघीयताले शक्तिको बाडफाड भएको तर शक्तिको विकेन्द्रीकरण नभएको बताएकी छिन्। 

उनले प्रशासकीय र प्रहरी व्यवस्थापन हुनेगरी नीति बनाउनुपर्ने पनि बताइन्। 

Hardik ivf

शनिवार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले शक्तिको बाडफाड भयो तर शक्तिको विकेन्द्रीकरण नभएको कुरालाई ध्यानदिनुपर्ने बताइन्।  

‘शक्तिको बाडफाड भयो तर शक्किो विकेन्द्रीकरण भएन भन्ने कुरालाई एकदमै ध्यान दिनुपर्छ। तीनै तहका सरकारले कसरी अन्तरनिहीत भएर काम गर्न सक्छौ । सङ्घीयताको प्रशासकीयलाई कसरी व्यवस्थापन गर्न सक्छौं। प्रहरीलाई कसरी व्यवस्थापन गर्न सक्छौ भन्ने कुराहरुलाई छलफलमा ल्याएर हामीले बनाउने नीतिमा समावेश हुनुपर्छ,’ उनले भनिन्। 

प्रकाशित मिति: १४:५६ बजे, शनिबार, चैत ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्