Kathmandu Press

जनताको पानी र सरकारको लगानी गर्ने विषय हाम्रो मुल लक्ष्य हो : मन्त्री यादव

उनले डाटा अनुसार जनतालाई २७ प्रतिशत स्वच्छ र शुद्ध पानी वितरण गरिएको भन्दै प्रदेश र स्थानीय सरकारको सहयोगमा यसलाई एक वर्षभित्र ५७ प्रतिशत पुर्‍याउनको लागि मन्त्रालय अगाडि बढिरहेको बताए। 
जनताको पानी र सरकारको लगानी गर्ने विषय हाम्रो मुल लक्ष्य हो : मन्त्री यादव

काठमाडौं, चैत ९ : खानेपानी मन्त्री प्रदिप यादवले मन्त्रालय जनताको पानी र सरकारको लगानी भन्ने विषयलाई लिएर अगाडि बढि रहेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित ‘दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी’ विषयक सरोकारवालहरुबीच गोष्ठी कार्यक्रममा उनले पानीमा जिरो प्रतिशत जनताको लगानी र सय प्रतिशत नै सरकारले लगानी गर्ने भन्दै यसको नीतिसहित अगाडि बढिरहेको बताए।

Hardik ivf

‘जनताको पानी र सरकारको लगानी भनेर हामी अगाडि बढि रहेका छौं, अब जनताको एक रुपैयाँ पनि पानीमा नलाग्ने जिरो प्रतिशत जनताको लगानी रहने गरि सय प्रतिशत नै खानेपानीमा नेपाल सरकारले लगानी गर्ने गर्छ,’ उनले भने, ‘यसको नीतिसहित हामी अगाडि बढि रहेका छौं। खानेपानीको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याईरहेका छौं भन्ने विश्वास पनि लिएका छौं।’

उनले डाटा अनुसार जनतालाई २७ प्रतिशत स्वच्छ र शुद्ध पानी वितरण गरिएको भन्दै प्रदेश र स्थानीय सरकारको सहयोगमा यसलाई एक वर्षभित्र ५७ प्रतिशत पुर्‍याउनको लागि मन्त्रालय अगाडि बढिरहेको बताए। 

मन्त्री यादवले तीनै तहका सरकारबीच सुशासनमार्फत अन्तर समन्वय गर्दै पानीमा समान पहुँच न्याय संगत वितरण र दिर्घकालिन व्यवस्थापन प्रवद्र्धनमा पहल गरिरहेको बताए। 

प्रकाशित मिति: १४:३१ बजे, शनिबार, चैत ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्