वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन
उनको उपचारकै क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। हृदयघात भएपछि उपचारका लागि शुक्रबार अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।
काठमाडौं, चैत ९ : पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९ वर्षको उमेरमा बस्नेतको आज बिहान ९ः३० बजे निधन भएको हो।
उनको उपचारकै क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। हृदयघात भएपछि उपचारका लागि शुक्रबार अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।
बस्नेतले पुनर्जागरण साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए। उनी राससका पूर्व अध्यक्ष समेत हुन्।
बस्नेतको पार्थिव शरीर केहीबेर भक्तपुरस्थित निवासमै श्रदाञ्जलीको लागि राखिएको थियो।
उनलाई कांग्रेसका महामन्त्री गागन थापा, उपप्रधानमन्त्री तथा शहरीविकास मन्त्री प्रकाशमान सिंह, उपसभापति धनराज गुरुङलगायतले श्रद्धाञ्जली दिएका थिए।
उनको आजै पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ।
प्रकाशित मिति: १३:४० बजे, शनिबार, चैत ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार