दैनिक जीवनसँगै मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्व छ : मन्त्री खड्का
उनले नेपाल पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढिरहेको पनि बताए।-1742621768.png)
काठमाडौं, चैत ९ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन्।
शनिबार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ बोल्दै मन्त्री खड्काले पानीको सहि सदुपयोग र सहि उपयोग गर्न सके दैनिक जिवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्याउने बताए।
‘पानी बिना जिवन एकछिन कल्पना गर्न पनि हामीलाई गाहे छ। सबैभन्दा बढी पानी अर्थात जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दैगर्दा हामी महशुस गर्न सक्छौं। यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो। यसलाई सहि सदुपयोग र उपयोग गर्नु आजको आवश्यकता हो,’ उनले भने।
मन्त्री खड्काले दैनिक जीवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि यो पानी अर्थात जलस्रोत अत्यन्तै उपयोगी भएको बताए। उनले नेपाल पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढिरहेको पनि बताए।
उनले पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतिहरुको व्यवस्थापन गर्नुपर्ने बताए। उनले हिमालहरुको अवस्था, हिमनदीहरुको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि नेपाल सरकार गम्भिर रुपले लागिरहेको समेत बताए।