Kathmandu Press

रौतहतमा असिना पानीले कृषिवालीमा क्षति

चन्द्रपुरसहित उत्तरी भेगमा शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले मकै बालीमा बढी क्षति पुगेको हो।
रौतहतमा असिना पानीले कृषिवालीमा क्षति

रौतहट, चैत ९ : रौतहटमा बेमौषमी वर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ।

चन्द्रपुरसहित उत्तरी भेगमा शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले मकै बालीमा बढी क्षति पुगेको हो।

एक÷दुई महिनापछि घरमा भित्र्याउने बेला हुने विकासे मकै असिना पानीले नष्ट पारेको किसानले गुनासो गरेका छन्।

असिनाले रौतहटका विभिन्न स्थानमा हिउँदे बालीमा असिना पानीले क्षती गरेको स्थानीय कृषकहरुले बताएका छन्।

असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आप, लिची, कटहर जस्ता बालीमा बढी क्षती गरेको कृषकहरुको भनाइ छ । आप र लिचीको मजुर फुल अर्थात बतिला (स–साना अवस्था) असिना पानीका कारण झरेर क्षती पुगेको उनीहरु बताउँछन्।

 

प्रकाशित मिति: ११:१६ बजे, शनिबार, चैत ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्