Kathmandu Press

सिंगापुरविरूद्ध नेपालकाे पहिलाे जित

शुक्रबार साँझ सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि १–०को जित निकाल्यो। 
सिंगापुरविरूद्ध नेपालकाे पहिलाे जित

काठमाडाैं, चैत ८ : मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम विजयी भएको छ। शुक्रबार साँझ सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि १–०को जित निकाल्यो। 

३६ वर्षपछि सिंगापुरसँग मैदानमा उत्रिएको नेपालको यो उविरुद्धको पहिलो जित हो। यसअघिका चार भीडन्तमा नेपाल ३ खेलमा पराजित हुँदा १ खेल बराबरीमा सकिएको थियो।

नेपलालाई जित दिलाउन स्ट्राइकर जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए। 

लेस्फ साइटबाट मनिष डाँगीले उपलब्ध गराएको पासमा डिबक्स भित्र रहेका जिलेस्पीले ट्यापइनमा उत्कृष्ट फिनिसिङ गरे।

राष्ट्रिय टिमका नियमति सदस्य जिलेस्पीको यो लागतार दोस्रो गोल हो। यसअघि उनले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए।

यो म्याट रोसको नेपाली टिमको प्रशिक्षण यात्रा जितबाट गरेका छन्। 

अब नेपालले मार्च २५मा मलेसियासँग एएफसी एसियन कपका तेस्रो चरणको छनोट खेल खेल्ने छ। 

प्रकाशित मिति: २०:३० बजे, शुक्रबार, चैत ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्