Kathmandu Press

जिलेस्पीको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता

नेपालका लागि खेलको १२औं मिनेटमा स्ट्राइकर जिलेस्पीजंग कार्कीले गरे।
जिलेस्पीको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता
फाइल तस्बिर।

काठमाडाैं, चैत ८ : सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ। 

सिंगापुर नेसनल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले १–०को अग्रता लिएको हो। 

Hardik ivf

नेपालका लागि खेलको १२औं मिनेटमा स्ट्राइकर जिलेस्पीजंग कार्कीले गरे। उनले डिबक्स भित्रबाट ट्यापइनमा गोल गरेका हुन्।

राष्ट्रिय टिमका नियमति सदस्य जिलेस्पीको यो लागतार दोस्रो गोल हो। यसअघि उनले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए।

म्याट रोसको प्रशिक्षणमा पहिलो पटक खेलेको नेपाली टिमले बलियो सिंगापुरविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ। 

प्रकाशित मिति: १९:२२ बजे, शुक्रबार, चैत ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्