Kathmandu Press

‘पार्टी नेतृत्व र सरकारप्रति जनता निराश छन्’

नेता कोइरालाले कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए। 
‘पार्टी नेतृत्व र सरकारप्रति जनता निराश छन्’

काठमाडौं, चैत ८ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरुप्रति वितृष्णा बढेको बताएका छन्। 

शुक्रवार नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यन्वयन नहुँदा जनता निरासा बढेको बताएका हुन्। 

‘हामीले राम्ररी काम गर्यौ भने डराउनुपर्ने अवस्था म देख्दिनँ। सरकारको नेतृत्व दुई ठुला दलले गरेका छन्। ति दुई ठुला दलको जिम्मेवारीमा रहेको सात बुँदे सम्झौता कार्यान्वयन नै भएन्। जनता निरास भएका छन्,’ उनले भने, ‘जनता अहिले कसको पक्षमा छ भन्ने होइन, जनता हामीसँग, नेतृत्वहरुप्रति वितृष्णा छ। यस्तो वितृष्णा हामीहरुले हटाउनुपर्छ। वितृष्णा नहटाइ काम गर्यौं भने दुर्घटनामा पर्छौं।’

नेता कोइरालाले कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए। 

‘नेपाली कांग्रेस नागरिकको पार्टी हो। तर अहिले यतातिर आएर नेपाली कांग्रेस जुन मियो बन्नु पर्ने हो बनेन, अहिलेको समस्याको समाधानका निम्ति कांग्रेस आफैं कहिले एमालेको पछि लागिरहेको छ, कहिले माओवादीको पछि लागिरहेको छ,’ उनले भने।

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, चैत ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्