Kathmandu Press

उजुरी अध्ययनको लागि लेखा समितिले गर्यो कार्यदल गठन

सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरू विभिन्न विषयहरुमा वर्गीकरण गरेर कार्यदलमार्फत अध्ययन छलफल गर्ने भएको हो। 
उजुरी अध्ययनको लागि लेखा समितिले गर्यो कार्यदल गठन

काठमाडौं, चैत ८ : सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि शुक्रबार कार्यदल गठन गरेको छ। 

सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरू विभिन्न विषयहरुमा वर्गीकरण गरेर कार्यदलमार्फत अध्ययन छलफल गर्ने भएको हो। 

Hardik ivf

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा कार्यदल बनाइएको छ। कार्यदलले १५ दिनभित्र सबै उजुरीको निर्णय गरिसक्ने जनाइएको छ। 

समितिको सचिवालयले ७ दिनभित्र उजुरी सम्बन्धी प्रतिक्रिया लिने पनि निर्णय गरेको छ। 

समितिमा नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, सहरी विकास मन्त्रालय, सहकारी, वैदेशिक रोजगार, धितोपत्र बोर्ड, स्वास्थ्य मन्त्रालय, क्रसर उद्योग, केन्द्रिय अनुसन्धान ब्युरो, नेपाल स्काउट, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा ११४ उजुरी छन्। 

यीमध्ये ४८ वटा उजुरीलाई कार्यदलमार्फत अध्ययन र छानविन गरिने भएको हो । समितिमा एमसीसीको नेपाल कार्यालयले विद्युत् प्रसारण लाइन निर्माणको परामर्श सेवामा अनियमितता र भ्रष्टाचार गरेको समेत उजुरी परेको जनाइएको छ।

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, चैत ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्