Kathmandu Press

निःशुल्क शिक्षा पूर्ण कार्यान्वयन गर्न समितिबाटै शिक्षामन्त्रीको निर्देशन

‘मैले ०८३ सम्मको कार्ययोजना बनाइसकेको छु। ऐनले १० प्रतिशत छात्रवृत्ति दिनैपर्छ भन्छ । यो अनिवार्य शिक्षा ऐनमा व्याख्या गरेको छ । यो ऐनको पूर्ण कार्यान्वयनको लागि संस्थागत विद्यालयहरुलाई निर्देशन नै गर्छु,’ निर्देशन दिनेक्रममा उनले भनिन्।
निःशुल्क शिक्षा पूर्ण कार्यान्वयन गर्न समितिबाटै शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, चैत ८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनको पूर्ण कार्यान्वयन गर्न निजी तथा संस्थागत विद्यालयहरुलाई संसदीय समितिबाटै निर्देशन दिएकी छन्।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शुक्रबार बोल्दै मन्त्री भट्टराईले उक्त निर्देशन दिएकी हुन्। 

‘मैले ०८३ सम्मको कार्ययोजना बनाइसकेको छु। ऐनले १० प्रतिशत छात्रवृत्ति दिनैपर्छ भन्छ । यो अनिवार्य शिक्षा ऐनमा व्याख्या गरेको छ । यो ऐनको पूर्ण कार्यान्वयनको लागि संस्थागत विद्यालयहरुलाई निर्देशन नै गर्छु,’ निर्देशन दिनेक्रममा उनले भनिन्।

उनले विद्यालय शिक्षा सुधारका लागि अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्नु आफ्नो मुख्य कार्ययोजना रहेको पनि स्पष्ट पारिन्। 

उनले संस्थागत विद्यालयहरू कल्याणकारी भावनाबाट चल्न जरुरी रहेको पनि समितिमा बताइन्। उनले निजी तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पनि आग्रह गरिन्।
 
प्रकाशित मिति: १७:४३ बजे, शुक्रबार, चैत ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्