Kathmandu Press

भारतले सरकार नै परिवर्तन गर्ने जस्तो आशय मैले देखिनँ : परराष्ट्रमन्त्री 

उनले नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको पनि प्रस्ट पारिन्।
भारतले सरकार नै परिवर्तन गर्ने जस्तो आशय मैले देखिनँ : परराष्ट्रमन्त्री 

काठमाडौं, चैत ८ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकारको ‘सिस्टम’ परिवर्तन हुने आशय भारत भ्रमणमा नदेखेको बताएकी छन्। 

भारतको भ्रमण सकेर शुक्रबार नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उक्त भनाई राखेकी हुन्। 

Hardik ivf

उनले नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको पनि प्रस्ट पारिन्। यद्यपि, भारतीय पक्षको समर्थन लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको उनले बताइन्।

‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौं। तर उहाँहरूको सपोर्ट चाहिँ डेमोक्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ ड. राणाको प्रतिक्रिया थियो, ‘अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ। सरकारको सिस्टमनै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ।’

परराष्ट्र मन्त्री डा.राणाले समकक्षीको हिसाबमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको पनि बताइन्।

राणाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले भेटका लागि प्रस्ताव नै नगरेको पनि प्रस्ट्याइन्। 

राणाले भनिन्, ‘भारतीय विदेशमन्त्रीसँग समकक्षीको हिसाबले भेट मागेको हो। र मैले भेटेको पनि हुँ। मोदीजीसँग भेट मागिएको पनि होइन। भेट पनि भएन।’ 

प्रकाशित मिति: १६:५८ बजे, शुक्रबार, चैत ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्