Kathmandu Press

तस्करले आक्रमण प्रयास गरेपछि धनुषामा हवाई फायर

धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका-६ स्थित भन्सार छलीको सामान नियन्त्रण लिनेक्रममा हवाई फायर भएको प्रहरीले जनाएको छ। 
तस्करले आक्रमण प्रयास गरेपछि धनुषामा हवाई फायर

जनकपुरधाम, चैत ८ : धनुषामा तस्करबाट भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ।

धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका-६ स्थित भन्सार छलीको सामान नियन्त्रण लिनेक्रममा हवाई फायर भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

तस्कर समुहले प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि हवाइ फायर गरिएको थियो। 

प्रहरीका अनुसार स्थानीय भजु यादवको घरमा राखेको तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास भएको थियो। धनुषा प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाई फायर गरेको जनाएको छ। 

प्रहरीले हवाई फायरपछि तस्करहरू भागेका थिए। प्रहरीले स्थानीय भजु यादवको घरमा राखेको १४ बोरा भन्सार छलीका सामान बरामद गरेर कब्जामा लिएको छ। 

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, चैत ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्