Kathmandu Press

दाहाल भन्छन्– २०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा छैन

सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको स्पष्ट पारे। 
दाहाल भन्छन्– २०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा छैन

पर्सा, चैत ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अहिले प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्। 

नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष दाहालले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखे। 

उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए। सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको स्पष्ट पारे। 

आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उनले बताए। अध्यक्ष दाहालले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।’

ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै उनले राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे।
 

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, चैत ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्