Kathmandu Press

उच्च अदालत पाटन पुगेका रविले भने– नाङ्गिएको सरकारको लाज छोप्न अदालत धाइरहेको छु

उच्च अदालत पाटन पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गरे। 
उच्च अदालत पाटन पुगेका रविले भने– नाङ्गिएको सरकारको लाज छोप्न अदालत धाइरहेको छु

काठमाडौं, चैत ८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन्। 

‘सरकार अहिले नाङ्गिएको हुनाले सरकारको लाज छोप्दिन लागि अदालत घुमिरहेको छु। ठाउँ ठाउँमा पुग्नुपर्ने छ। समय आउँदै छ चाँडै नै,’ उनले भने, ‘म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु । क्रान्तिको लागि तयार रहनु होला।’

शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गरे। 

‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो। दुई तिहाइको सरकार छ । यसले देशका तमाम समस्या समाधान गर्नुपर्ने हो। वाचा त्यही अनुसार गरिएको छ । जब दुईवटा ठूला राजनीतिक दलहरु मिल्छन भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ अन्दाज गर्नुहोल भनेर संसदमै भनेको थिएँ  अहिले त्यही स्मरण गराउन चाहन्छु,’ रविले भने।

तपाईलाई त राजावादी रहेछ भन्ने आरोपहरु पनि आइरहेको छ नि भन्दै गरेको प्रश्नमा रविले आफू अहिले आवगे र उत्तेजनामा रहेको जवाफ दिएका थिए।

‘म आवेग र उत्तेजनामा छैन । किनकी देश एउटा गम्भीर अवस्थामा आइपुगेको छ। एउटा जिम्मेवार राजनीतिक दलको हिसाबले र नेपाली जनताले एउटा आशा एवम भरोसाका साथ हेरेको एउटा दलको हिसाबले म कुनै आवेग र उत्तेजनामा आएर उत्तर दिने पक्षमा छैन,’ उलने भने। 
 

प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, चैत ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्