Kathmandu Press

राष्ट्रिय सभामा मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव 

सभाको शुक्रबारको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह (गरिमा)ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गरेकी हुन्।
राष्ट्रिय सभामा मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव 

काठमाडौं, चैत ८ : राष्ट्रिय सभाको शुक्रबारको बैठकमा मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव पेस गरिएको छ।

सभाको शुक्रबारको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह (गरिमा)ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गरेकी हुन्। 

उक्त प्रश्तावमा सांसदहरू सुमित्रा बिसी, गंगा बेल्वासे, विष्णुकुमारी सापकोटा, पूजा चौधरी र डा अञ्जान शाक्य समर्थक रहेका छन्।

संकल्प प्रस्ताव पेस गर्दै सांसद शाहले मुलुकका ९५ प्रतिशत परिवारमा अझै पनि महिनावारीको बेला महिलाहरूमाथि विभेदमा पर्ने गरेको बताइन्। महिनावारी प्राकृतिक प्रक्रिया रहेको र यसमा गरिने विभेद निर्मूल पार्न जरुरी रहेकोले संकल्प प्रस्ताव ल्याउनुपरेको भनाई राखिन्। 

संकल्प प्रस्तावमा समर्थक गर्ने सांसदहरूले पनि महिनावारीको विभेदका कारण बालिकाहरूमा गम्भीर असर पर्ने र यो मानव अधिकारको उल्लंघन भएको बताए।

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, चैत ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्