Kathmandu Press

मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरसँग खेल्दै

नेपालले एसियन कपको तेस्रो चरणको छनोटको तयारीका लागि सिंगापुरसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरसँग खेल्दै

काठमाडाैं, चैत ८ : नेपाली राष्ट्रिय फुटबल टिममले आज सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको तेस्रो चरणको छनोटको तयारीका लागि सिंगापुरसँग उसकै मैदानम मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ। 

नेपालले सिंगापुरसँग ३६ वर्षपछि खेल्न लागेको हो। नेपालले पछिल्लो पटक सन् १९८९ मा विश्वकप छनोट अन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो।

Hardik ivf

मलेसियासँग उसकै मैदानमा एसियन कपको छनोट खेल्नुअघि नेपालले सिंगापुरसँग खेल्न लागेको हो।

यो मुख्य प्रशिक्षक म्याट रोसका नेपालका लागि पहिलो खेल हुनेछ। युवा र अनुभवी खेलाडीको समीश्रण रहेको नेपाली टिम घरमा केही साताको प्रशिक्षण पश्चात सिंगापुर पुगेको हो। 

३६ वर्षपछि सिंगापुरको सामाना गर्दा नेपालको लक्ष्य जित नै हुनेछ। तर, त्यो नेपाली टिमका लागि निकै कठीन भने पक्कै हुनेछ। 

प्रशिक्षक म्याट रोसले टिमको खेल हेर्न उत्साहित रहेको बताएका छन्। उनले सकारात्मक नतिजको अपेक्षा भएको बताएका छन्।

नेपालको प्रशिक्षकको रुपमा पहिलो पटक विदेशी भूमिका खेल्न जाँदा उनले त्यसलाई आफ्नो सपना पूरा भएको क्षण समेत मानेका छन् । सिंगापुर विरुद्धको खेलपछि नेपाली टोली कुन अवस्थामा छ भन्ने थाहा हुने र त्यसपछि थप योजना बनाएर अघि बढ्ने उनले बताए ।

नेपालले अहिलेसम्म सिंगापुरलाई हराउन सकेको छैन। यसअघिको चार भीडन्तमा सिंगापुरले ३ जित निकाल्दा १ खेल बराबरीमा सकिएको थियो।

प्रशिक्षक रोसले स्ट्राइकर सुबास बम ठकुरी, डिफेण्डर सुमन श्रेष्ठ र गोलकिपर अन्जल श्रेष्ठले पहिलो पटक सिनियर टिम राखेका छन्। 

सिंगापुर पुगेपछि नेपालले अभ्यासको उपयुक्त अवसर भने पाएको छैन । सिंगापुरमा पानी परिरहेको हुनाले अभ्यासमा अभ्यासमा समस्या भएको छ। नेपाली टिमले सामान्य अभ्यास मात्र गरेको छ। 

खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।


 

प्रकाशित मिति: १३:५३ बजे, शुक्रबार, चैत ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्