Kathmandu Press

महायज्ञ गर्न दलित परिवार हटाएको विवादमा सिराहाका सिसिडओलाई गृहमा तानियो 

गृह मन्त्रालयले दाहालको ठाउँमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाएको छ। 
महायज्ञ गर्न दलित परिवार हटाएको विवादमा सिराहाका सिसिडओलाई गृहमा तानियो 

काठमाडौं, चैत ८ : महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय चर्किएपछि सिराहा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालयमा तानिएको छ। 

गृह मन्त्रालयले दाहालको ठाउँमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाएको छ। 

महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी दाहाललाई जिम्मेवारीमुक्त बनाइएको हो। उक्त प्रकरणमा विहीबाको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारको आलोचना गरेका थिए।

गृहमन्त्री लेखकको सचिवालयका अनुसार मन्त्री लेखकले महायज्ञ गर्न दलित परिवारलाई हटाइएकोबारे सत्यतथ्य र स्वतन्त्र छानबिनका लागि प्रहरीलाई निर्देशन समेत दिएका छन्।

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, चैत ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्