Kathmandu Press

कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकप छनोटको दोस्रो स्थानमा 

शुक्रबार बिहान भएको खेलमा भिनिसियसको इन्जुरी समयको गोल मद्दतमा ब्राजिलले कोलिम्बियामाथि २–१को जित निकाल्यो।
कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकप छनोटको दोस्रो स्थानमा 

काठमाडाैं, चैत ८ : भिनियसियस जुनियरको निर्णायक गोल मद्दतमा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ। शुक्रबार बिहान भएको खेलमा भिनिसियसको इन्जुरी समयको गोल मद्दतमा ब्राजिलले कोलिम्बियामाथि २–१को जित निकाल्यो।

खेलमा ब्राजिलका लागि भिनिसियससँगै राफिन्हाले गोल गरे भने कोलम्बियाका लुइस डियाजले गोल गरेका थिए।

Hardik ivf

घरेलु मैदानमा भएको खेलमा छैठौं मिनेटमा ब्राजिलले सुरुआती अग्रता लियो। भिनिसियस जुनियरलाई लडाएपछि प्राप्त पेनाल्टीमा राफिन्हाले गोल गरेका थिए। ४१औं मिनेटमा डियाजले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

त्यसपछि खेल बराबरीतर्फ उन्मूख भएको खेलमा इन्दुरी समयको नवौं मिनेटमा भिनिसियसले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै ब्राजिललाई जित दिलाए। उनलाई राफिन्हाले नै पास उपब्ध गराएका थिए।

यो जितसँगै ब्राजिल विश्वकपको दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा उक्लिएको छ। १३ खेलमा ब्राजिलको २१ अंक छ। एक खेल कम खेलेको अर्जेन्टिनाको २५ अंक छ। २० अंकसहित उरुग्वे तेस्रो स्थानमा छ। कोलम्बिया भने १९ अंकसहित छैठौं स्थानमा छ। 

यता, अर्को खेलमा पाराग्वेले चिलीलाई १–०ले हराउँदा पेरुले बोलिभियामाथि ३–१को जित निकाल्यो।

प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, चैत ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्