Kathmandu Press

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा आज अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

म्याग्दी, चैत ७ :  म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा आज अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो।

Hardik ivf

सो दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहेका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए।

तीन घाइतेको लुलाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र एक जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको छ।

ताकम प्रहरी चौकीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २१:०९ बजे, बिहीबार, चैत ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्