Kathmandu Press

सरकारप्रति शेखरको आक्रोश : सरकारले पटक्कै सुशासन दिन सकेको छैन

उनले सरकारमा हुने मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरुको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए। 
सरकारप्रति शेखरको आक्रोश : सरकारले पटक्कै सुशासन दिन सकेको छैन

काठमाडौं, चैत ७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताएका छन्। 

बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारमा हुने मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरुको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए। 

Hardik ivf

‘म के भन्छु भने नेपाली कांग्रेस र एमाले सरकारमा छौं । सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो। भन्न त मिल्दैन तर सुशासन पटक्कै छैन भनेपनि हुन्छ। उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ। मन्त्रिपरिषद्मा जान्छ। उहाँहरुलाई मन लाग्यो भने तेस्रो नम्बरलाई लिनुहुन्छ। त्यसरी जानुभएको छ,’ उनले भने, ‘मैले जहाँ पनि भनिरहेको छु । कांग्रेस सत्ता पक्षको हो। तर सरकारमा छैनौं। सरकारमा हुने मन्त्रीहरुले सहकार्य गर्नुहोस् एमालेसँग केही आपत्ति छैन् । तर जो सत्ता पक्षमा छौं तर सरकारमा छैनौं । हाम्रो काम खबरदारी गर्ने हो।’

नेता कोइरालाले  उनले आज देशको परिदृष्य हेर्दा भयावहक अवस्थामा रहेको बताए। गिरिजाप्रसाद वितेको १५ वर्ष भइसक्दा पनि उनीबाट कांग्रेसका नेताहरुले पाठ सिक्न नसकेको बताए। 

‘जुन परिदृश्य देखिरहनु भएको छ, देशको जुन अवस्था बुझिरहनु भएको छ। तर भयावहक अवस्था देशमा छ। गिरिजाप्रसाद भएको भए के हुन्थ्यो होला त भन्ने लाग्छ होला,’ उनले भने, ‘उहाँ देशको अवस्थाप्रति अत्यन्तै चिन्तित हुनुहुन्थ्यो। तर १८–१९ वर्ष भइसक्यो, गिरिजाप्रसाद वितेको पनि १५ वर्ष भइसक्यो । हामीले पाठ नै सिकेनौं । नेताहरुले हामीहरुले केही पाठ नै सिक्न सकेनौं।’

त्यस्तै उनले कांग्रेस कहिले माओवादी त कहिले एमालेकोपछि लागेको भन्दै अब कांग्रेसले यसरी जाने भनेर निर्णय गर्न सक्नुपर्ने बताए। 
 

प्रकाशित मिति: २०:५१ बजे, बिहीबार, चैत ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्