Kathmandu Press

टर्कीका राष्ट्रपतिसँग ओलीको टेलिफोन संवाद, विपीनको रिहाइ लागि पहल गर्न आग्रह 

जवाफमा राष्ट्रपति रेकेपले जोशीको रिहाईको विषयलाई आफूले गम्भीर चासोका रूपमा लिएको भन्दै पहल गर्ने बताएका थिए।
टर्कीका राष्ट्रपतिसँग ओलीको टेलिफोन संवाद, विपीनको रिहाइ लागि पहल गर्न आग्रह 

काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार टर्कीका राष्ट्रपति रेकेप तयिप इर्डोगनसँग टेलिफोन संवाद गर्दै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। 

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री टेलिफोन संवाद गरी उक्त आग्रह गरेका हुन्। उनले जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन भनेको जनाइएको छ। 

Hardik ivf

जवाफमा राष्ट्रपति रेकेपले जोशीको रिहाईको विषयलाई आफूले गम्भीर चासोका रूपमा लिएको भन्दै पहल गर्ने बताएका थिए। राष्ट्रपति रेकेपले यसबारे विपीनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीले यसअघि इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको मुक्तिका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकारी गरेका थिए। 

संवादकाक्रममा टर्कीका राष्ट्रपति रेकेपले आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे स्मरण समेत गराए। 


 

प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, चैत ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्