Kathmandu Press

खेलकुदको विकासमा पार्टीले बनाउने नीतिको महत्वपूर्ण भूमिका : सभापति देउवा 

कांग्रेसको केन्द्रीय खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘खेलकुद नीति तथा कार्यक्रम’ विषयक विचार गोष्ठीमा सभापति देउवाले उक्त भनाई राखेका हुन्। 
खेलकुदको विकासमा पार्टीले बनाउने नीतिको महत्वपूर्ण भूमिका : सभापति देउवा 

काठमाडौं, चैत ७ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुदको विकासमा पार्टीले बनाउने नीतिको महत्वपूर्ण भूमिका हुने बताएका छन्। 

विहीबार नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘खेलकुद नीति तथा कार्यक्रम’ विषयक विचार गोष्ठीमा सभापति देउवाले उक्त भनाई राखेका हुन्। 

देउवाले पार्टीले तय गर्ने नीतिले खेलाडीको मनोबल बढाउने बताउँदै  खेलकुदको विकास गर्न महत्त्वपूर्ण हुने भनाई राखे। 

कार्यक्रममा सभापति देउवाले भने, ‘हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक छ। खेलकुद नीतिका लागि पार्टीभित्र व्यापक बहस हुनु सकारात्मक बिषय रहेको छ।’ 

प्रकाशित मिति: १९:४८ बजे, बिहीबार, चैत ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्